राजनीति
प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली केन्द्रिय नेता ओम प्रकाश पुन लाइ प्रहरी गिरफ्तार गरी सार्वजनिक गरेको छ । नेकपाका पोलिटब्युरो सदस्य एवं सेती महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् । उनि सगै उनकी श्रीमती अखिल नेपाल महिला सघकी नेतृ पुर्णिमा धामीलाइ समेत सार्वजनिक गरेको छ ।
गिरफ्तार पुन र धामीलाइ पुरानो खिया लागेको जस्तो देखिने कटुवा सहित प्रहरीले सार्वजनिक गरेको छ तर नेपाल कम्युनिस्ट पार्टीले प्रशासनले आफ्ना नेतालाइ फसाउने षड्यन्त्र रचेको भन्दै आपत्ति जनाएको छ ।
एक स्रोतका अनुसार पुनलाइ बिस्फोट र राज्य द्रोहको मुद्दा लगाउने तयारी गरेको बुझिनाएको जनाएको छ ।
यसै बिछ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनलाई गिरफ्तार गरेको विषयले पार्टीपङ्क्तिलाई स्तब्ध र आक्रोशित तुल्याएको बताएका छन् ।
नेकपा नेता कञ्चनले बुधबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका तमाम नेता र कार्यकर्ताहरूको गिरफ्तारी र दमन गर्ने फासिवादी अभियानको निरन्तरतामा आज असार ३१ गते बिहान कैलालीको फूलबारीबाट पार्टीको काममा हिँडिरहेका हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज कमरेड ओमप्रकाश पुन मगर र महिलानेत्री पूर्णिमा पुनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गिरफ्तार गरेको छ । उक्त गिरफ्तारीले सिङ्गो पार्टीपङ्क्तिलाई स्तब्ध र आ’क्रोशित तुल्याएको छ ।’
नेपालमा वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिर’फ्तार गरी जेल, नेल र हिरासतमा सडाउने शासकहरूले देखेको दिवासपना भयङ्कर दुस्वप्नमा परिणत हुने चेतावनी दिँदै नेता कञ्चनले भनेका छन्, ‘नेपालका दलाल फासिवादीहरूले देशमा राजनीतिक–आर्थिक समस्या वैज्ञानिक तरिकाले समाधान गर्नुको सट्टा दलाल सत्ताको सर्वोत्तम विकल्प वैज्ञानिक समाजवाद दिने पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी जेल चलान र दमनबाट निस्तेज गर्ने दिवास्वप्न देखिरहेका छन् । तर उनीहरूका जनविरोधी, कुत्सित सपनाहरू भयङ्कर दुस्वप्नमा परिणत हुँदै गएका छन् ।’
नेकपाको विदेश विभाग प्रमुख तथा पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज समेत रहेका नेता कञ्चनले बुधबार गिरफ्तार गरिएका नेता ओमप्रकाश पुनसहित सबै आस्थाका बन्दीहरूको रिहाइको माग गरेका छन् । कञ्चनको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी फासिस्ट, दलाल पुँजीवादी सरकारलाई स्पष्ट गर्न चाहन्छ– हाम्रो पार्टीका भर्खरै गिर’फ्तार गरिएका कमरेड ओमप्रकाश पुन, पहिले गिरफ्तार गरिएका कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, कमरेड शिलुलगायत देशका सम्पूर्ण राजबन्दीहरूको रिहा गरियोस्, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको कथित प्रतिबन्ध खारेज गरियोस् र ज’नविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारलाई बर्खास्त गरियोस् ।’
दलाल शासकहरूको अकर्मण्यता, जनवि’रोधी र राष्ट्रघा’ती नीतिका कारण अहिले देश सम्पूर्ण रूपले गम्भीर सङ्कटमा धकेलिएको भन्दै नेता कञ्चनले देशले एउटा दलालको ठाउँमा अर्को दलाल, एउटा संसद्वादी पार्टीको ठाउँमा अर्को संसद्वादी पार्टी र एउटा दलाल पुँजीवादी सत्ताको ठाउँमा अर्को पुँजीवादी साम्राज्यवादी आधिपत्यको स्थानान्तरण होइन, सिङ्गो दलाल पुँजीवादी सत्ताको अन्त्य र समग्र जनताको उन्नति गर्ने वैज्ञानिक समाजवादी सत्ताको माग गरेको बताएका छन् । जनताको यही माग र भावनालाई नेपाली समाजमा रूपान्तरण गर्न स’ङ्घर्षरत आफ्नो क्रान्तिकारी राजनीतिक पार्टीमाथि प्रतिबन्ध थोपरिएको, नेता तथा कार्यकर्तामाथि गिरफ्तारी र दमन थोपरिएको र बन्दी बनाउने गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
क्रान्तिकारी पार्टी र जनतामाथि दम’न गरेर देशलाई ब्रह्मलुट गर्ने र जनतालाई कङ्गाल बनाउने; देशलाई साम्राज्यवादीहरूको क्रीडास्थल बनाएर कुर्सीमा चिप्किरहने, छिमेकमा समेत अस्थिरता पैदा गर्ने; देशको शासनप्रणाली साम्राज्यवादीको हातमा दिने र देशलाई पराधीन बनाउने दलालहरूको हर्कत किमार्थ स्वीकार्य नभएको पनि नेता कञ्चनले बताएका छन् ।
उनले देशमा विद्यमान सबैखाले समस्याहरूलाई राजनीतिक तरिकाले समाधान गर्न माग गर्दै आफ्नो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ता रिहाइको माग पनि गरेका छन् । साथै आफ्नोे पार्टीमाथिको प्रतिबन्ध खारेज गर्न माग गर्दै फासिवादी बाटोमा हिँडेको केपी सरकारको बर्खास्तीको माग गरेका छन् । यसो नगरिएमा आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने पार्टीको धारणा उनले स्पष्ट पारेका छन् । वक्तव्यको पूर्णपाठ….
