राजनीति
जेठ ३ गते मात्र दुइ पार्टी मिलेर बनेको ‘अन्डरलाइन’नेपाल कम्युनिष्ट पार्टीका चर्चित दुइ युवा नेताहरुले पार्टी एकताको खुसियालीमा आयोजित रात्री भोज ‘बहिस्कार’ गरेका छन् ।
माओवादी केन्द्रका पर्खर युवा नेता लेखनाथ न्यौपाने, वाइसिएलका अध्यक्ष दिपशिखा लगायतका युवा नेताले बालुवाटारको भोज बहिस्कार गरेका हुन् ।
केहि घन्टा अगाडी सुशासनको कुरा गरेका प्रधानमन्त्रीले तथा पार्टी अध्यक्ष केपी ओलीले सरकारी निवासमा सरकारी खर्चमा पार्टी एकताको भोज दिएको भन्दै उनिहरु नगएको हुन सक्ने स्रोतको दावी छ ।
बिगठित माओवादी केन्द्रका कार्यलय सदस्य लेखनाथ न्यापानेले नया पार्टीमा केन्द्रीय सदस्यको शपथ ग्रहण लिए पनि बालुवाटारको रात्रि भोजमा नगएको स्पष्ट पारेका छन् । उनले अलिअलि एकताको झल्को आएपनि खासमा माओवादीको एमालेकरण नै भएको कुरा सार्वजनिक गरेकाछन ।
यस्तो छ लेखनाथको प्रतिक्रिया-
आजलाई
#चुनावी राजनीतिक लाइन एउटै भएका र एउटै वंशका दुई पार्टी मिल्ने कुरा सही
#इमान्दार हुँदा मात्रात्मक परिवर्तनबाट गुणात्मकतातिर पाइला चाल्न सकिन्छ_एकता सही
#माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि_यसको अन्त्य खुसीको कुरा
#अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी
#हामी लेनिनवादी होइनौ_किन लेनिनवाद लेख्ने
#शास्त्रीय रूपमा हामी मार्क्सवादी पनि होइनौ तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ_यसकारण मार्क्सवाद लेख्ने कुरा सही
#रूपमा अलिअलि एकताको झल्को आएपनि
#सारमा र खासमा माओवादीको एमालेकरण नै हो !
@माओवादीलाई हाम्रो लाइनमा ल्याइयो भनेर भूपु एमालेजन नमात्तियौ
#नयाँ क्रान्तिको दिशा भनेर भूपु माओवादीजन उत्ताउलो नबनौ
@केन्द्रीय सदस्यको सपथ खाइयो तर वालुवाटारको रात्री भोजमा गइएन
यसैगरी वाइसिएलका अध्यक्ष दीपशिखाले घरमै खान लागेको खानाको तस्बिर राखेर बालुवाटार नगएको सन्देश दिएका छन् ।
