logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

धरपकड प्रती नेकपाको आक्रोश, गाडी रोक्ने देखी बन्द सम्मको घोषणा


  • राजनीति
  • शुक्रबार, साउन २ २०७७

सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता ओमप्रकाश पुनको गिर’फ्तारी पछि नेकपा आक्रोत भएको छ । यसैबीच उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित स’ङ्घर्ष घोषणा गरेको छ ।

कोरोना भाइरस र बाढीपहिरोले निम्त्याएका समस्याहरू समाधानका लागि उदार तथा रचनात्मक कार्यक्रममा जुटिरहेको बेला सरकारले आफ्नो पार्टीका नेता–काकार्यकर्ताहरूलाई कृत्रिम मु’द्दा बनाएर अराजनीतिक, अमानवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गि’रफ्तार गरेको भन्दै नेकपाले स’ङ्घर्ष घोषणा गरेको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरोका इन्चार्ज ओम प्रकाश पुन तथा महिला नेत्री पूर्णिमा धामीलाई बुधबार अ’पमानजनक ढङ्गबाट झूट्टा मु’द्दा लगाएर हि’रासतमा राखेको भन्दै नेकपाले यस्ता कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । ३ साताको समयमा मात्र सेती–महाकालीका विभिन्न जिल्लाहरूबाट एक दर्जन नेता–कार्यकर्ताहरूलाई गि’रफ्तार गरिएकाले नेकपाले स’ङ्घर्ष घोषणा गरेको बताएको छ ।

सेती–महाकालीमा केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओलीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई विभिन्न जिल्लाका हिरा’सत तथा का’रागारहरूमा बन्दी बनाएको भन्दै स’ङ्घर्ष घोषणा गर्नुपरेको नेकपाले जनाएको छ ।

नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्र’तिबन्ध लगाउने रहेका छन् ।

नेकपाको सेती–महाकाली ब्युरो कार्यालयको विज्ञप्तिमा आफ्नो पार्टीले नचाहँदानचाहँदै पनि सरकारी रबैयाका कारण सङ्घर्ष घोषणा गर्नुपरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक जनता, उद्योगी–व्यवसायीहरूले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र वि’रोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आक्रोशबाट अन्धो बनेको वली सरकार प’तन उन्मुख दलाल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि द’मनमा उत्रिएको छ जुन फा’सिवादी हर्कतका अगाडि झुक्नुको साटो लु’टेरा, दलाल सरकारलाई मुखतोड जबाफ फर्काइनेछ । अतः आमनागरिकहरू महामारीले उब्जाएको पीडामा उकुसमुकुस भैरहेको अवस्थामा नचाहँदानचाहँदै पनि फा’सिवादी सरकारको द’मन, धर’पकड तथा गि’रफ्तारी, झूट्टा मु’द्दा र राजनीतिक गतिविधिमाथिको प्र’तिबन्धका वि’रुद्ध प्र’तिरोध गर्न सेती–महाकाली ब्युरोमा स’ङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ….

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार