logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धन हुनेलाइ, ज्यान मा’र्न छुट ?


  • पत्रपत्रिका
  • शनिबार, साउन ३ २०७७

लकडाउनको कारण अदालत पूरै खुलिनसकेता पनि मौकामा चौका हान्दै एक धनाढ्यले कर्तव्यज्यान मुध्दामा सफाइ पाएर हिजो बिहिवार दिउँसो डिल्लीबजार कारागारबाट मुक्त भएका छन् !

२१ वर्षका पृथ्वीबहादुर मल्लले हाँकेको बा.१४ च ६१२३ नम्बरको कारले किचेर गत मंसिर २८ गते बिहान झिसमिसेमा बुढानीलकण्ठ नजिकै ३८ वर्षकी लीला देवकोटाको नि’धन भएको थियो । देवकोटा मन्दिर दर्शन गरेर घर फर्कंदै थिइन् ।

परिवार, प्रहरी र सरकारी वकिललाई ५४ लाख दिएर उक्त प्रकरण उतिबेलै राफसाफ पार्न लागिएको चर्चा थियो ! छ महिनाअघि प्रहरीले दायर गरेको सवारी ज्या’नसम्बन्धी यही मु’द्दामा हिजो जिल्ला अदालत काठमाडौंले मल्ललाई सफाई दिएको छ । प्रहरीले घ’टनास्थलको प्रकृति र सिसीटीभी फुटेजको आधारमा कारले ठक्कर दिएपछि ढलेकी महिलालाई गाडी ब्याक गरेर मा’रेको अभियोगअन्तर्गत मल्लमाथि ज्या’न मु’द्दा दावी गरे पनि अदालतले सारा तथ्य प्रमाणप्रति आँखा चिम्लिएको हो ।

मल्ल अमेरिकाबाट बिदामा नेपाल आएको केही दिनमै भएको उक्त घट’नाको बखत कारभित्र उनका साथी २० वर्षका करिश मास्के र अन्य दुईजना केटी पनि थिए । प्रहरीको मुचुल्कामा चालकले मादकपदार्थ सेवन गरेको पाइएको थियो । अघिल्लो रात शिवपुरीस्थित एउटा रिसोर्टमा ‘नाइट हल्ट’ गरेर बिहानीपख फर्कने क्रममा उक्त घट’ना भएको हो ।

कारमा रहेका दुईजना युवतीमध्ये एउटी मोडल परमिता राज्यलक्ष्मी राणा थिइन् । जसले घटनाको झण्डै एक महिनापछि वास्तविकता उदा’ङ्गो पार्दै लामो स्टाटस लेखिन् । जसमा उनले कारमा रहेका चारजनाको कारण एउटी निर्दोष महिलाको ज्या’न गएकोमा आफू दुःखि’त भएको बताएकी थिइन् ।-जनआस्थाबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार