राजनीति
सरकारले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) नभएको बताएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा जागेशवर गौतमले उपत्यकामा ४ हजार आठ सय जनामा परीक्षण गर्दा जम्मा तीन जनामा मात्रै कोभिड देखिनुमा समुदायस्तरमा कोरोना नपुगेको पुष्टि भएको बताए।
उनले भने, ‘चार हजार मा तीन जनामा मात्रै कोभिङ देखिनु भनेको समुदायस्तरमा कोरोना पुगिनसकेको पुष्टि भएको छ तर सतर्क भने हुनुपर्छ।‘
यस्तै, प्रवक्ता प्राडा गौतमले उपत्यकामा देखिएका तीन जनामध्ये दुई जना भर्खरै विदेशबाट आएको र एक जना ब्युटिपार्लर सञ्चालक रहेको बताए। मन्त्रालयका अनुसार ब्युटिपार्लर सञ्चालक टोखा नगरपालिकाको रहेको र विदेशबाट आएका दुई जनासमेत टोखा नगरपालिकाकै रहेको बताइएको छ।
उनले सम्बन्धित व्यक्तिहरुको सावधानी, होसियारी आफू र अरुलाई कोरोनाबाट बच्न र बचाउन सहयोगी हुने तथ्यलाई अझ बल दिने उल्लेख गरे। काठमाडौंलगायत विभिन्न ठूलो सहरका सडकका देखिने भिडले जनस्वास्थ्य जोखिमलाई बढाइरहेको प्रवक्ता डा गौतमले बताए । ‘सबैलाई बन्दाबन्दी पूरै खुलेको हो कि भन्ने पर्न गएझैँ छ तर हामी कोभिड जोखिमभन्दा पहिलाको जस्तै सामान्य अवस्थामा फर्किन समय लाग्नेसमेत उनले बताए।
गौतमले संक्रमणको संख्या घट्दैं गएपनि कोरोना जोखिम नघटेको बताए । मन्त्रालयले अहिले अफिस, यातायातलगायत जमघट हुने क्षेत्र खुला हुने क्रम रहेको भन्दै सजगता अपनाउन सबैसँग अपिलसमेत गरेको छ।
सान्केतिक तस्बिर