logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘पठाओ’ का सह-संस्थापक सलेहको विभत्स ह’त्या


  • राजनीति
  • शनिबार, साउन ३ २०७७

‘राइड सेयरिङ’ कम्पनी पठाओका सह–संस्थापक फहिम सलेहको अमेरिकामा ह’त्या भएको छ। न्युयोर्कस्थित एक अपार्टमेन्टमा उनको शरीर टुक्रा–टुक्रा पारी छरिएको अवस्थामा फेला परेको हो।

बंगलादेशी आप्रवासी सलेहको कम्पनी गोकाडाले उनको मृ’त्युको पुष्टि गरेको छ। सोमबार उनी मास्क लगाएका एक व्यक्तिसँग आफ्नो अपार्टमेन्टमा प्रवेश गरेको सीसीटीभी फुटेज प्राप्त भएको न्युयोर्क प्रहरीले जनाएको छ।

उनको शरीरका टुक्रा रहेको स्थाननजिकै विद्युतीय इलेक्ट्रि स (का’ट्ने मेसिन) समेत फेला परेको छ। उनको सोमबार नै ह’त्या भएको हुनसक्ने अनुमान गरिएको छ।

सलेहले स्थापना गरेका राइडिङ सेयर कम्पनी पठाओ बंगलादेश र नेपाललगायत देशमा निकै प्रख्यात छ। उनले सन् २०१५ मा यो कम्पनी खोलका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार