logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवको सत्ताद्धारा ६ बिघा जग्गा कब्जा, भुमाफियालाइ चेता’वनी


  • राजनीति
  • आइतबार, साउन ४ २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको सत्ता संगठनले नियन्त्रणमा लिएको जनाएको छ । बाके जिल्ला कोहलपुर ०४ किरण नालाको पुर्व पश्चिम राजमार्गको दक्षिण तर्फ रहेको ६ बिघा जमिनमा ब्यानर राखेर नियन्त्रणमा लिएको जनाएको हो ।

करोडौं मुल्य पर्ने राज्यको सार्वजनिक जमीन भु मा’फियाले आफ्नो नाममा गर्ने र लु’ट खसोट गर्ने लागेको भन्दै आफ्नो सत्ताले नियन्त्रणमा लिएको बताइएको छ ।

६ बिघामा फैलिएको कित्ता न ७७,७८ र ७९ को जमिन पुर्णतः आफ्नो सत्ताको नियन्त्रणमा आएको भन्दै अन्य चलखेल नगर्न समेत चे’तावनी दिएको नेकपा बाकेले जनाएको छ ।

जनपरिषदद्वारा सार्वजनिक एक विग्यप्तिमा भुमाफिया होसियार भन्दै उल्लेख गरिएको छ “हामि’एकीकृत जनक्रा’न्ति’ मार्फत जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापनाको प्रक्रियामा छौं । जनताको प्रमुख दुश्मनको रुपमा रहेको विभिन्न किसिमका लुटतन्त्र, दलालतन्त्र र माफियातन्त्र नै हाम्रो जनसत्ताको निशाना भएकाले सत्ताको केन्द्रीय नीति अनुसार नै यस सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको सबै सरोकारवालाहरुमा जानकारी गराउँदछौँ ।”

पछिल्लो समय नेकपालाई राज्यले प्रतिबन्द गराउने र नियन्त्रणमा लिने गरेको छ, यसैबीच नेकपाले आफ्नो सं’घर्ष समेत बढाएको एक केन्द्रिय सदस्यले जानकारि दिए ।

नेकपा बाकेका नेता द्धारा सार्वजनिक गरिएको जानाकारी यस्तो रहेको छ

#भूमाफियाहरु #हो’सियार!
बाँके जिल्ला स्थित कोहलपुर ०४ किरण नालाको पुर्ब – पश्चिम राजमार्गको दक्षिण तर्फ रहेको करोडौं मुल्य पर्ने राज्यको सार्बजनिक ६ बिघा जमिन कित्ता न. ७७,७८ र ७९ लाई भूमाफियाहरुको गिरोहले सत्ताको पहुँचको आधारमा गरिएको लुटखसोर माथी जनताको जनजत्ताले गम्भीर ध्यानाकर्षण भएको छ।

हामी एकीकृत जनक्रा’न्ती मार्फत बैज्ञानिक समाजबादी सत्ता स्थापनाको प्रक्रियामा छौँ । जनताको प्रमुख दुश्मनको रुपमा रहेको विभिन्न किसिमका लु’टतन्त्र , दलालतन्त्र र मा’फियातन्त्र नै हाम्रो जनसत्ताको निशाना भएको सत्ताको केन्द्रिय नीति अनुसार नै यस सार्बजनिक जग्गा नेपाल कम्युनिस्ट पार्टी निकट जनसत्ताको नियन्त्रणमा लिएको सबै सरोकारवालाहरुमा जानकारी गर्दाछौ!! एकीकृत जनक्रा’न्ती – जिन्दावाद भूमाफियाहरु – मु’र्दाबाद !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार