logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

केटीले अर्को केटा मन पराएको रिसमा ए’सिड प्र’हार


  • राजनीति
  • शुक्रबार, साउन ९ २०७७

सीतापाइलामा २२ वर्षीया युवतीमाथि ए’सिड प्र’हार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ए’सिड प्र’हार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

घटना घट्ने बित्तिकै ए’सिड प्र’हार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो।उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद छन्।वतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले ए’सिड प्र’हार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि ए’सिड प्र’हार भएको थियो।

‘केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा ए’सिड प्र’हार गर्न लगाएको बयान दिएका छन्,’एसएसपी थापाले भने,’भारतीय नागरिक आलमका कामदार हुन्। उनलाई प्रहार गर्न लगाएका थिए।’

प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार उनीहरूले पवित्राले अर्कै केटा मनपराएको कारण शौचालय सफा गर्न प्रयोग हुने ए’सिड प्र’हार गरेका थिए।

ए’सिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।दही किन्न भनि डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवतीमाथि बिहीबार साँझ ए’सिड प्र’हार भएको थियो ।

यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि ए’सिड प्र’हार भएको थियो । त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि ए’सिड प्रहार गरेका थिए । ६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि ए’सिड प्र’हार गरेका थिए । २०७१ चैतमा ए’सिड हा’न्ने विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार