राजनीति
काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै नेताबाट धोका खाएका छन्।
तत्कालिन माओवादी केन्द्रकै नेताको प्रस्तावमा संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्। यो निर्णयसँगै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डको भविष्यमा प्रधानमन्त्री तथा महाधिवेशनबाट पार्टीको एकल अध्यक्ष बन्ने सपनामा धक्का लागेको छ।
दुई पार्टी एकीकरणपछि शनिबार पहिलोपटक बानेश्वरमा बसेको संसदीय दलको बैठकमा तत्कालिन माओवादी केन्द्रका नेता एवं सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको बताइएको छ।