logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डलाई पोखरेलको जवाफ : आफु प्रधानमन्त्री हुदा नक्सा थाहा नपाउनेले कसरी बोलेको ?


  • राजनीति
  • आइतबार, साउन ११ २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र फेरि आरोप प्रत्यारोप चलेको छ । हिजो सार्वजनिक रुपमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दर्ता गर्न लगाएको बोलेपछि आ’रोप प्रत्या’रोप चलेको हो ।

प्रचण्डले ओलीमाथि आफ्ना युवाहरुलाई लगाएर नेकपा एमाले दर्ता गर्न लगाएको आ’रोप लगाएका थिए । उनले ओलीमाथि घुमाउरो पाराले नेकपा फुटाउन खोजेको आ’रोप समेत लगाए ।

प्रचण्डले कालापानीको विषयमा आफूले विशेष भुमिका खेलेको समेत बताए । नेपालको नयाँ नक्शामा कालापानीलगायतका भु-भाग समेटेर नक्शा जारी गरेकोमा आफ्नो भुमिका स्थापित गर्न खोजेको भन्दै ओली निकटस्थहरुले प्रचण्डलाई कडा जवाफ दिएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओलीनिकट नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डलाई व्यङ्ग्य गर्दै फेसबुकमा कालापानी क्षेत्रको सिमा विवाद पुरानै भएको र आफू प्रधानमन्त्री हुँदा कसरी थाहा नपाएको भनी प्रश्न गरेका छन् । उनले प्रचण्डको नाम उल्लेख नगरी आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले मैले हो भन्न कसरी सकेको भनी प्रश्न गरे ।

शंकर पोखलले ट्वीटरमा लेखेका छन्ः कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो । आफू प्रधानमन्त्री हुँदा नक्शाको कुरा था नपाउनेले अहिले उहाँले होइन मैंले हो भन्न कसरी सकेको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार