logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीलाई कोरोना


  • एजेन्सी
  • आइतबार, साउन ११ २०७७

बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीलाई कोरोना पोजेटिभ देखिएको छ। सामाजिक संजाल इस्टाग्राममा पोस्ट गर्दै उनले आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्।
‘म आज आफनो टिमसँग आधिकारिक प्रतियोगितामा फर्किन सक्दिनँ। अल सदाद एससीका सहायक प्रशिक्षक डेभिड प्राट्सले टेक्निकल प्रमुखको रुपमा मेरो ठाउँ लिनेछन्। केही दिनअघि क्युएसएलको प्रोटोकल अनुसरण गर्दै मैले अन्तिम कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखियो भाग्यवश म पूर्ण स्वस्थ छु। तर प्रोटोकल अनुशरण गर्दै मैले यसलाई पराजित नगरेसम्म अलग्गै राखिन्छ।’ उनले इन्स्टाग्राममा लेखेका छन्।

‘जब स्वास्थ्य अधिकारीहरुले मलाई अनुमति दिनेछन् म मेरो दैनिक तालिकामा सामेल हुनेछु। र पहिलेभन्दा बढी इच्छाको साथ काम गर्नेछु। म सबै अधिकारी र विशेष गरेर क्युएसएल, क्युएफए र अलसदाद एससीको जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद दिन्छु। ​

जाभी हाल कतारी क्लब अल–सदादको प्रमुख प्रशिक्षक छन्। अलखोर विरुद्धको आगामी खेलमा उनी अनुपस्थित हुनेछन्। पूर्व स्पेनी स्टार र उनकी श्रीमती नुरियाले गत अप्रिलमा बार्सिलोनाको क्लिनिकलाई कोरोना भाइरसविरुद्ध लड्न एक मिलियन युरो दान गरेकी थिइन्।

सन १९९८ मा बार्सिलोनाको सिनियर टिमबाट डेब्यु गरेका जाभीले सन २०१५ सम्म खेलेका छन्। उनले बार्सामा रहँदा २५ वटा उपाधि जितेका थिए। जसमा ८ लालिगा उपाधि समावेश छ। स्पेनको राष्ट्रिय टोलीका लागि १३३ खेलमा सहभागिता जनाउँदै १३ अन्तराष्ट्रिय गोल गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार