logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिए दण्ड महानिर्देशक भट्टराईको रातारात सरुवा


  • राजनीति
  • शनिबार, जेष्ठ ५ २०७५

काठमाडौं- यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानिएका छन् । यातायात व्यवसायीहरूको सिण्डिकेट हटाउन भट्टराई ले महत्वपुर्ण भूमिका खेलेका थिय  ।

भट्टराईलाई मन्त्रालय तान्ने निर्णय भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महसेठले  गरेका हुन् । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईले पाएका छन् ।

बुधबार नै भएको सरुवाको निर्णयमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सहसचिवलाई लगाइएको स्रोतले जनाएको छ । भौतिक पूर्वाधारमन्त्रीले खुट्टा कमाएका बेला सिन्डिकेट खारेज गर्ने गृहमन्त्री रामबहादुर थापाको अभियानलाई महानिर्देशक भट्टराईले दह्रो साथ दिएका थिए ।

गृहमन्त्री बादल सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरूप्रति लचिलो बनेका थिए ।

बादलको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।

उनलाई मन्त्रालय तान्नुलाई सिन्डिकेट हटाए वापत मन्त्री महासेठले दिएको दण्डका रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार