logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोना पुष्टि


  • राजनीति
  • सोमबार, साउन १२ २०७७

काठमाडौ उपत्यकामा ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए ।

हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको पनि गौतमले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार