राजनीति
स्याङजामा प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको हो ।
गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयका अनुसार संक्रमण देखिनेमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुष र २६ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।
कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा केहीको अझैं आउन बाँकी छ ।
संक्रमण थपिएसँगै जिल्लामा संक्रमितको संख्या २ सय २३ पुगेको छ भने १ सय ८३ जना निको भएर घर फर्केका छन् । दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । यसअघि, ३ जना प्रहरीमा संक्रमित पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय ‘सिल’ छ ।