logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विद्युत् चोरी गरेको भन्दै १४ जनामाथि कारवाही


  • राजनीति
  • शनिबार, जेष्ठ ५ २०७५

नेपाल विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत प्राधिकरण वितरण केन्द्र राजविराजले  १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई  वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताउनुभयो ।

तिनका साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ । दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार