logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरीको हेडक्वाटरमा ७२ जनालाइ कोरोना संक्रमण


  • राजनीति
  • शुक्रबार, साउन १६ २०७७

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ । शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले मिडियालाई जानकारी दिए । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार