logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाकिस्तान द्धारा रकेट आ’क्रमण १५ जनाको मृ’त्यु


  • एजेन्सी
  • शनिबार, साउन १७ २०७७

अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मा’रिएका छन् । घटनामा परी अरु ७० जना घा’इते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झ’डपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उनको भनाइ छ । “अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आ’क्रमण गरेपछि मात्रै भी’डन्त रोकिएको हो, त्यस आ’क्रमणमा परी १५ सर्वसाधारणको मृ’त्यु भएको छ भने अरु ७० जना घा’इते भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए ।

घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि श्रोतले जनाएको छ । भिड’न्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृ’त्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

श्रोतका अनुसार अहिले उनीहरुले भि’डन्त स्थगन गरेपनि कुनैपनि बेला फेरि आ’क्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ । दुवै तर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि श्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार