logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१४ लाख घुससहित अख्तियारको फन्दामा तुल्सीपुर उप.म.न.पाका प्रमुख कार्यकारी अधिकृत


  • राजनीति
  • शुक्रबार, साउन १६ २०७७

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ गरेका छन् ।

शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ । अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार