logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

जातिय बिभेद विरुद्ध साक्षातको र्‍याप गित


  • राजनीति
  • आइतबार, साउन १८ २०७७

ललितपुरस्थित ज्ञानोदय बालबाटिकामा कक्षा ९ मा अध्यनरत १४ वर्षीय साक्षात पन्तले गाएको जातीय विभेदविरुद्ध र्‍याप गीत सार्वजनिक भएको छ ।

उनको आफनै शब्दमा रहेको म्युजिक भिडियो उनले आफनै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

समाजमा भइरहेको जातीय विभेदविरुद्धको आवाजको रुपमा उनले यो गीत गाएका हुन् । जाजरकोटका नवराज विक र उनका साथीहरुलाई गैर दलितले मारेको घटनालाई लिएर आफूलाई भित्रैबाट छोएको र यो अधिकारको विषय हो भन्ने लागेर आफूले गीत लेखेको साक्षातले बताए ।

उनले भने, ‘मलाई नवराज र उनका साथीहरुलाई मारेको कुराले एकदमै छोयो । सबैजना बराबर हौं तर किन यस्तो विभेद हुन्छ भन्ने मनमा आयो र त्यही कुरालाई शब्दमा उतारेको हुँ । गीत नै बन्ला भनेर पनि मैले लेखेको होइन । यो मेरो मनको भाव मात्र हो ।’

पन्तको गीत एक दलित युवकविरुद्ध तथा कथित उच्च जातीका मानिसहरुले गरेको क्रुरताको कल्पना हो । गत जेठमा रुकुम पश्चिमका कथित उच्च जातीका मानिसहरुद्धारा मारिएका जाजरकोटका युवा नवराज विकबाट प्रेरित पन्तको म्युजिक भिडियो आफनो अधिकार पुन प्राप्तिका लागि प्रयासरत युवाको परिचय बाट शुरु हुन्छ ।

‘तर, म दलित’ म्यूजिक भिडियोमा कोरस गायकका रुपमा उनलाई साथ दिएकी छिन् अदिती अधिकारीले । अमन प्रधानले गीतको कोरस कम्पोज गरेका हुन् भने संगीत संयोजन र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार