KRASNODAR, RUSSIA - MARCH 20, 2020: An employee processing samples while conducting COVID-19 coronavirus tests at the Microbiology Lab of the Hygienic and Epidemiological Center in the Krasnodar Territory, part of the Russian Federal Service for Surveillance on Consumer Rights Protection and Human Wellbeing (Rospotrebnadzor). Igor Onuchin/TASS
Ðîññèÿ. Êðàñíîäàð. Ñîòðóäíèöà âî âðåìÿ ïåðâè÷íîé îáðàáîòêè ïðîá áèîëîãè÷åñêîãî ìàòåðèàëà íà êîðîíàâèðóñ COVID-19 â ìèêðîáèîëîãè÷åñêîé ëàáîðàòîðèè èñïûòàòåëüíîãî ëàáîðàòîðíîãî öåíòðà ÔÁÓÇ "Öåíòð ãèãèåíû è ýïèäåìèîëîãèè â Êðàñíîäàðñêîì êðàå". Ó÷ðåæäåíèå âõîäèò â åäèíóþ ôåäåðàëüíóþ öåíòðàëèçîâàííóþ ñèñòåìó îðãàíîâ, îñóùåñòâëÿþùèõ ãîñóäàðñòâåííûé ñàíèòàðíî-ýïèäåìèîëîãè÷åñêèé íàäçîð. Èãîðü Îíó÷èí/ÒÀÑÑ
रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन तयार गर्नेतर्फ लागेको छ । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले आज औपचारिक रुपमा यसबारे जानकारी दिएका हुन् ।
गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकास गरिएको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएसँगै यसको वैधानिक दर्ता प्रक्रिया बढाइएको मन्त्री मुरास्कोले बताए । रुसी समाचार संस्था तासले मुरास्कोको भनाई उदृत गर्दै भनेको छ, ‘गामेलिया सेन्टरद्वारा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएको छ, भ्याक्सिन दर्ताका लागि कागजपत्रको काम बढाइएको छ ।’
रुमिा अन्य दुई भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको समेत जनाइएको छ । अबको आठ हप्ताभित्र क्लिनिकल परीक्षा गरिसक्ने जनाइएको छ ।
यसअघि रुस भ्याक्सिन उत्पादन गर्ने पहिलो देश बन्ने खुलिसकेको थियो । रुसले अगष्टको दोस्रो हप्ताभित्र उत्पादन गरेर प्रयोगमा ल्याउने जनाएको छ । रुस कोरोना भ्याक्सिन ल्याउने पहिलो देश बन्ने भएपनि यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिनुपर्नेछ । रुसभित्र भने खोपले मान्यता पाउने निश्चितप्रायः छ । उसले रुसी नागरिकमा अगष्टमै यसको प्रयोग गर्ने तयारी गरेको छ ।
सँसारभर क्लिनिकल परीक्षणमा सबैभन्दा अगाडि चारवटा कम्पनि रहेकोमा गेमिली पनि हो । गामेलियाबाहेक युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर कोरोना खोप विकासको दौडमा अगाडि छन् ।