राजनीति
कैलाली – बला,त्कार आरोपमा कैलालीको भजनी नगरपालिका– ४ का वडासचिव सुमनकुमार चौधरी प्रकाउ परेका छन ।
एक महिलाले आफूलाई बला,त्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीमा १८ गते उजुरी दर्ता गरेपछि वडासचिवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरी जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।
वडासचिव र उक्त महिलाबीच पुरानो सम्बन्ध रहेको पाइएको वडाध्यक्ष जन्ताराम चौधरीले बताए ।
महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।