logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बुधबार थप एकजना ४६ वर्षीय पुरुष कोरोना संक्रमितको निधन


  • राजनीति
  • बुधबार, साउन २१ २०७७

file pic file pic

बुधबार थप एकजना कोरोना संक्रमितको निधन भएको छ ।

निधन हुनेमा पर्सावीरगन्ज महानगरपालिका– १५ का ४६ वर्षीय पुरुष रहेका छन । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा . मदन उपाध्यायले उनको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार मंगलबार राति भर्ना भएका उनी मधुमेहका विरामी हुन् । उनमा खोकी, ज्वरो र श्वास–प्रश्वासमा समस्या देखिएको थियो ।

यसअघि सोमबार राति अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका– ८ की १८ वर्षीया किशोरीमा मंगलबार राति संक्रमण पुष्टि भएको थियो ।

योसँगै पर्सामा साउनमा मात्रै काेराेना संक्रमण देखिएका १३ जनाको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार