राजनीति
file pic
वीरगन्ज- आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ श्रीपुरका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
गत मंगलबार राति आफनै घरमा मृत्यु भएका वृद्धमा नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट बिहीबार साँझ आएको परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले यसको पुष्टि गरेका छन्।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्तपाल भर्ना गरिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि बुधबार राति उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो।
उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो। मृतक मुटु र मधुमेहका बिरामी समेत हुन्। उनको ट्राभल हिस्ट्री भने देखिएको छैन।