logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ट्रम्पसंग असहमति राखेका बिशेषज्ञलाइ ज्यान मा’र्ने धम्की


  • एजेन्सी
  • शुक्रबार, साउन २३ २०७७

अमेरिकाका कोरोनाभाइरसका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले आफूले ध’म्की पाइरहेको र उनका छोरीहरुलाई तनाव दिइएको जानकारी दिएका छन् ।

उनका अनुसार अमेरिकामा कोरोनाभाइरससँग जुध्नका लागि के–के गरिँदैछ भन्ने विषयमा सार्वजनिक रुपमा आफ्नो कुरा राखेका कारण यस्तो समस्या देखा परेको उनले बताएका छन् ।

उनले सीएनएनसँगको कुराकानीमा भने, ‘मलाई र मेरो परिवारलाई ह’त्या गरिदिने ध’म्की आइरहेको छ । साथै, छोरीहरुलाई यतिसम्मको तनाव दिइयो कि मैले आफ्नो लागि सुरक्षाकर्मी राख्नुपर्यो । यो त आफैंमा गज्जबको कुरा हो ।’

डाक्टर फाउचीले भने, ‘काश मेरा परिवारका सदस्यले यी सब झेल्नु पर्दैनथ्यो । पूर्ण रुपमा स्वास्थ्यसँग जोडिएको मामिलामा मैले राखेका धारणाका कारण मलाई ज्या’न मा’र्ने धम्की आउँछ भनेर कहिल्यै कल्पनासमेत पनि गरेको थिइनँ ।’

कोरोना महामारीका बेला डाक्टर एन्थोनी फाउचीले अत्यधिक पहिचान पाएका छन् । उनले थुप्रै पटक कोरोनाभाइरसको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो असहमति पनि सार्वजनिक गरिसकेका थिए ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार