logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ओलीको मात्र होईन सिस्टमकै बैज्ञानिक बिकल्प खोजौं !


  • नकुल चौलागाईं
  • शुक्रबार, साउन २३ २०७७

हाल नेपालमा दुई तिहाईको कम्युनिस्ट सरकार ,छ त्यसमा पनि बहुमतको शक्तिशालि सरकार तर कम्युनिस्ट सरकारले अहिले सम्म गरेका कामहरू हेर्दा,विश्व संङघठन whoले विश्व महामारीको रुपमा घोषणा गरिसकेको कोभिड १९ हुंदै सलह किरा सम्म आईपुग्दा सरकार पूर्णरूपमा असफल भएको आम नेपाली जनताको गुनासो छ ।

संबेदनसिल मानबिय जीवनसंग जोडिएका विश्व सङघठन who ले खतराको सुचिमा घोसणा गरेको कोभिड १९ जस्तो बिषयहरुमा सरकारले कोरोना महामारीमा स्वास्थ मन्त्रीले माक्स देखि स्वास्थ्य सामाग्री खरिदसम्म ,बिदेशबाट अलपत्र परेका नेपालीहरू फर्काउॅंदा देखि क्वारेन्टिनमा राख्दा सम्म सरकारका मन्त्रीहरू लगायत बिचौलियाहरूले अरबौं रूपैया खाएका कुरा व्यापक रुपमा आइ रहेको छ।

यति हुदाहुदै पनि यसमा सरकारले कुनै संवेदनशीलता देखायको छैन। जतांततै सबैतिर भ्रष्टहरू सलमलायको छन्,जतिसकदो अरबौं खरबौं लुटिरहेका छन् ! राज्यका महत्वपूर्ण अंगहरू जताततै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छ यसैले ओलि सरकारको बैग्यानिक बिकल्प खोज्नु आजको आबस्यकता छ।

अब किन ओली सरकारको बैज्ञानिक बिकल्प खोज्ने?

१)दलाल भ्रष्ट र असक्षम मन्त्रीहरूलाई तत्काल बर्खास्त गरि असल नियत भएका सक्षमहरू मध्येबाट मन्त्रीपरिषद् पुनर्गठन गर्ने !
२)प्रधानमन्त्रीपदबाट राजीनामा दिने !
३)अन्तिम तर उत्तम बिकल्प :-

प्रचन्ड माधब नेपाल झलनाथ पनि प्रधानमन्त्री हुनु भएकै हो शेर बहादुर देउवाले कांग्रेसको नेतृत्व गरिरहनुभएको छ उनी पनि ४ पटक प्रधानमन्त्री भै सक्नुभो हाल ओलि सरकार पनि अहिले शक्ति शाली प्रधानमन्त्रीको रुपमा काम गरि रहनु भयको छ सबैको काम हेरि सकेका छन नेपाली जनता पर्याप्त मात्र सन्तुष्ट प्राप्त गर्न सकि रहेका छौन्न बिभिन्न पार्टिका धेरै प्रधानमन्त्री र सयौं मन्त्री/संसदहरू जनताले हेरि,भोगी सकेकै छन।

सबैको कार्यशैलि,आचरण,योग्यता,क्षमता सबै जनतालाई कार्यकर्ताहरूलाई थाहै छ ,त्यसैले यो दलाल सम्सदिय ब्यबस्थाको सिस्टम नै असफल भैसक्यो अब बैग्यानिक ब्यबस्था लिउन यक हुनु आजको आबस्यकता हो सत्तामा जो गएपनि भ्रष्टै हुने जनता झुक्याई मात्र रहने ! खोक्रो भाषणले मात्रै मुलुक, कसरी बन्छ??त्यसैले हाम्रा नेताहरूमा मात्र होईन यो सिस्टममै समस्या छ !भ्रष्टाचार र फोहोरी खेलहरू धेरै भए अव के.पी.ओलीको मात्र होईन यो सिस्टमको बैज्ञानिक बिकल्प खोजौं ?

बिकल्प के ?

यो संबिधानमा भयको बिमतीहरुलाइ संसोधन गरि वर्तमान संसद भंग गरौं,गैरदलिय व्यक्तित्वको नेतृत्वमा नागरिक सरकार गठन गरौं र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र संसद को निर्वाचन गरौं !शक्तिशालि आयोग बनाई असल र ईमान्दार व्यक्तिहरूलाई नियुक्ति गरौं २००७ साल यताका सबै नेता /कर्मचारी र नव धनाड्यहरूको संम्पति छानबिन गरी जफत गरौं,राष्ट्रियकरण गरौं !यसो हुदा खर्चिलो निर्वाचन प्रणालीले भित्राएको बिकृति,कार्यकर्तामुखि प्रवृत्ति र भ्रष्टाचार न्यूनिकरण हुनुका साथै अंकगणितिय फोहोरी राजनितिको पनि अन्य हुन्छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार