logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकैदिन ४ जनाको मृ’त्यु संक्रमण खतरापूर्ण बन्दै


  • राजनीति
  • शुक्रबार, साउन २३ २०७७

file pic file pic

विश्व महामारी बनेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृ’त्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृ’त्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृ’त्यु भएको छ ।

काठमाडौं उपत्यकामा दुई जनाको मृ’त्यु

कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा थप दुईजनाको मृ’त्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–९ माईस्थानका एक पुरूषकाे कोरोना संक्रमणबाट पाटन अस्पतालमा बिहीबार मृ’त्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएकोमा बिहीबार दिउँसो मृ’त्यु भएको आफन्तजनले जनाएका छन् ।

मुटु रोगी समेत रहेका उनमा स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनकी ५५ वर्षीया दिदीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दिदीको अवस्था सामान्य छ ।

यसैगरी ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृ’त्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, हाइपोथाइरोडिजम र उच्च रक्तचापका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृ’त्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृ’त्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ भैरहेको अस्पतालले जनाएको छ ।

पर्सामा थप दुई जनाको मृ’त्यु

समुदाय स्तरमा संक्रमण फैलिएको मानिएको पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृ’त्यु भएको पुष्टि भएको छ ।

साउन २० गते राति आफ्नै घरमा मृ’त्यु भएका वीरगञ्ज-११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

यस्तै बिहीबार बिहान वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृ’त्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।

उनको बिहान ८ बजे मृ’त्यु भएको थियो । मधुमेह र मुटु रोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति १० बजेपछि स्वास्थ्य अवस्था विग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान साढे ८ बजे उनको मृ’त्यु भएको र साँझ कोभिड संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार