logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नेकपाका ६१ सांसदको हस्ताक्षर , नेताहरु भेट्न आउने दावी


  • राजनीति
  • आइतबार, साउन २५ २०७७

पछिल्लो समय निकै बिवादित र अनिर्णयको बन्दी बनेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 

पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’

 

कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार