logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पोखरा महानगरपालिका वार्ड २७ का कर्मचारीमा कोरोना पुष्टी, ३० गते सम्म कार्यालय बन्द


  • राजनीति
  • सोमबार, साउन २६ २०७७

पोखरा महानगरपालिकाका एक कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

fपोखरा महानगरपालिका २७ वडा कार्यालयमा राजस्व र मालपोतको काम गर्ने ती कर्मचारीमा संक्रमण भेटिएको महानगर स्वास्थ्य शाखाले पुष्टी गरेका छन । सोमबार संक्रमण पुष्टि भएसँगै वडा कार्यालय ३० गतेसम्मलाई बन्द गरिने वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए ।

वडाध्यक्ष गुरुङसहित संक्रमित कर्मचारी र थप एकजनाले शनिबार स्वाब दिएका थिए । तीमध्ये दुईजनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

ती कर्मचारीमा कोरोना पुष्टी भए लगतै कन्ट्याक्ट् ट्रेसिङ थालिएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार