शरीर आफ्नो
इसारा अरुको
खुट्टा आफ्नो
हिडाई अरुको
झण्डा आफ्नो
फहराई अरुको
माटो आफ्नो
हैकम अरुको
देश आफ्नो
शासन अरुको
यो कस्को देश
यो कस्तो देश
यो कठपुतलीको देश
छ आफ्नै गीत
तर गाउन सक्दैन
छ आफ्नै ताल
तर नाच्न सक्दैन
छ आफ्नै धुन
यो बजाउन सक्दैन
अरुकै गीतको
नक्कल गर्ने
अरुको तालको
सक्कल गर्ने
भुलेर आफ्नो धुन
पराई संगीतमा रम्ने
यो कस्को देश
यो कस्तो देश
यो कठपुतलीको देश
शरीर छ ढुकढुकी छैन
आखा छ दृष्टिशिल छैन
नसा छ तातो रगत छैन
मुटु छ बुलन्द छैन
मुख छ आवाज छैन
छन त सबै छ
तर यसको आफ्नै सपना छैन
यो कस्को देश
यो कस्तो देश
यो कठपुतलीको देश