राजनीति
भारतीय पूर्व राष्ट्रपति तथा नेता प्रणव मुखर्जीमा कोरोना भाइरस पुष्टी भएको छ ।
कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ नतिजा रिपोर्ट आएको हो । प्रणवले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदै पछिल्लो साता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आइसोलेसनमा जान पनि आग्रह गरेका छन् ।२०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका मुखर्जी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् ।
‘अलग कामको लागि अस्पताल जाँदा थाहा भयो कि, ममा कोभिड १९ को पोजिटिभ रिपोर्ट आएको छ । गत साता मसँग जोडिन आउनुभएका व्यक्तिहरुलाई म आइसोलेसनमा जान आग्रह गर्दछु,’ ८४ वर्षीय मुखर्जीले जनाएका छन् ।