logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा नेता पुन जेल चलान, धामीलाइ डडेल्धुरा लगिदै


  • राजनीति
  • मंगलबार, साउन २७ २०७७

नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीेका प्रभावशाली केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन जेल चलान भएका छन्।

जिल्ला अदालत कैलालीले तोकेको ५० हजार रुपियाँ धरौटी नतिरेपछि उनी जिल्ला कारागार शाखा कैलाली चलान भएको नेकपाले जनाएको छ ।

यस अघि जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि अदालतले ओम पुनसँग ५० हजार रुपियाँ धरौटी माग गरेको थियो।

उनलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भए पनि धरौटी नबुझाएपछि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिएकाछन ।

प्रहरीले पुनलाई पुनः पक्राउ गरी भोजपुर लैजाने तयारी गरेको सुचना थाह पाएपछि धरौटी नबुझाएर उनी कारागार गएको नेकपाको भनाइ रहेको छ ।

प्रहरीले पुन र उनकी पत्नी तथा अखिल महिला संघकी नेतृ पुर्णिमा धामीलाई गएको असार ३१ गते धनगढीको फुलबारीबाट गिरफ्तार भएका थिए ।

अदालतले पुनकी श्रीमती धामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। तर रिहा भएकी धामीलाई प्रहरीले पुनः पक्राउ गरी डडेल्धुरा लैजाने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार