logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कमरेड राम, तिम्रो नामको तस्करी !


  • टंक जोशी
  • मंगलबार, साउन २७ २०७७

तिम्रो जन्म र मृ’त्यु
कमरेड्ली थियो
जन्म र मृ’त्यु आफैमा सर्बहाराकृत नै हुन्छ।
त्रेता युग
पुजीवादको बिकास हुने कुरा पनि भएन।
सायद तिम्रो राज्य साम्यवादी नै थियो होला !
मार्क्सको जन्म भएको भए
मार्क्सवाद फैलिएको भए
रामराज्य पेरिस कम्युन जैस्तै थियो होला !

हल्ला बोल
बोल बम
पुजीवादी हावा हुन्डरी
धर्मको बिकृत ब्यापारिकरण
बिचार र आदर्श को निकृष्ट बजारीकरण
तिम्रो जातको ब्याख्या थिएन !
तिम्रो वर्ण को बिस्तृत थिएन !
सेवाको व्यापार गर्ने मनुष्य
फाइदा को लागि बेलगाम अफवाह फैलाउदै
तिमिलाइ अलौकिक पदावी थोपारी दियो !
धन संकलन केन्द्रका पुजारी हरु ले कथित भगवान बनाए !

तिम्रो लडा’इको पृष्ठभुमि
रसियन क्रान्ती जस्तै थियो कि?
माओ को दीर्घकालीन जनयु’द्ध जस्तै थियो?
या अमेरिकीकन, इन्डियन स्वतन्त्रता संग्राम जस्तै !
त्यसको बैज्ञानिक ब्याख्या कतै छैन।
बिज्ञान बिकास को अभाव मा हुने कुरा पनि भएन !
बजार का व्यापारी हरुले
काल्पनिक चित्र बनाए !
नक्कली टाउको जोडे, शरीर बनाए !
अनेक थरी बस्र ले रंङ्गी बिरंङ्गी बनाए !
तिम्रो आदर्श राज्य प्राप्तीको यु’द्ध
काल्पनिक कथा बनाए !
टेलि सिरियल अनि चलचित्र बनाए !
र भने पात्र हरु काल्पनिक हुन
कसैको जीवन संग मेल खाए संयोग हुनेछ।
तीम्रो इतिहास को धज्जी उडाए!

धर्मका ब्यापारी हरु
खुद्रा बजारका दलाल हरु !
तिम्रो नाम को ब्यापार खुबै गर्दैछन।
भु माफिया हरु !
माडीमा गोठ जलाएर तिम्रो महल बनाउदैछन।
अयोध्यामा मस्जिद भत्काएर तिम्रो बाँस बसाउदैछन!
तिमी जन्मेको माटो को मूल्य तोक्दैछन
पाखण्डि हरु

तिमि जन्मेको देश बनाउन
तिम्रो नक्कली मुर्ति बेच्दैछन।
तिम्रो नाममा धन कमाउन
आलिसान महल बनाउदैछन।
कुकुरले हड्डि लुछे झै
तछाड मछाड गर्दैछन।
कमरेड राम तिम्रो नाम को तस्करि गर्दैछन !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार