राजनीति
मानवताको खिल्ली उडाउने गरी गोंगबुमा २४ शनिबारको राति भएको वि’भत्स ह’त्या प्र’करणकी अ’भियुक्त कल्पना मुडभरीको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो ।
‘कल्पनाको तीनवटा विवाह भइसकेको र मृ’तकसँग पनि सम्बन्ध रहेको तथ्य पत्ता लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको समेत फेला परेको छ ।
दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ । एकजनाले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् ।
मृ’तक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । बरु उनले विवाह गर्नका लागि अर्को महिला मिलाइदिने सम्म भनेकी थिइन् । तर, कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । यतिसम्मकी कल्पनाले मागेको ५० लाख समेत व्यवस्था गरे ।
कल्पनाले ५० लाख दिन नमानेपछि कि त विवाह गर कि त ब्याजसहित फिर्ता गर्न भन्न थाले । यसरी शा’रीरिक र मानसिक दुवै तरिकाले तना’व दिनथालेपछि कृष्णबहादुरको योजनावद्ध ह’त्या गर्ने निर्णयमा पुगेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन् ।
छोराछोरीसहित गोंगबुमा बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले २४ साउनको राति कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाइन् । गंगबुस्थित गेष्ट हाउसबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा गोंगबुस्थित घरको कोठामा पुगेका थिए । भोड्का पिउँदै मासुको सितनमा कृष्णबहादुर मज्जा लिदै गए । रात छिप्पिदै गएपछि कल्पनाले दहीमा निन्द्रा लाग्ने पाँचवटा ट्याबलेट हालिदिइन् । बोहराले दही खाए । केही बेरमा लठ्ठिए । कल्पनाले ह’त्याको सबै तयारी गरेकी थिइन् । उनले घनले बोहराको संवेदनशील अ’ङ्गमा पटक पटक प्र’हार गरिन् । त्यस्तो प्रहार गर्नुमा शा’रीरिक शो’षण गरेको आ’वेग पनि कारण थियो ।
घनले हा’न्दा थलिएका बोहरालाई सलले घाँटीमा बेरेर बेस्सरी कसेपछि प्राण लिइन् । उनको मृ’त्यु भएपछि शवको व्यवस्थापन गर्न लागिन् । सुटकेश निकालिन् । तर, शव अटेन । त्यसपछि उनले शवको टाउको र खुट्टा का’टेर अर्को झोलामा हालिन् ।
शुरुमा सुटकेश नाम्लोले बोकेर लगिन् । श’व आफू बस्ने घरभन्दा केही सय मिटर पर लगेर दुईवटा गाडीको बीचबाट फालिदिइन् । त्यसपछि टाउको र खुट्टा केही पर फालिन् । शव व्यवस्थापनमा उनलाई केशोरावस्थाकी छोरीले सहयोग गरेकी थिइन् । प्रहरीले कल्पनाकी १५ वर्षीया छोरीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिहेको छ । छोरा भने आफन्तले राखेका छन् । कल्पनाले कृष्णबहादुरमाथि छोरीलाई समेत आँखा लगाएको कारण ह’त्या गरेको शुरुको बयान दिएकी छिन् । तर, घट’नाको अनुसन्धान गर्दै जाँदा यौ’न र पैसा दुवै कारण देखिएको छ ।