logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पीडितको सहारा बन्दै नेकपा, कालिकोटमा यस्तो निर्देशन


  • राजनीति
  • शुक्रबार, साउन ३० २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले संगठनात्मक भेटघाट र जनश्रम अभियान संचालन गरेको छ ।

यसैक्रममा कालिकोट साबिकको मेहेलमुडी गाबिसमा गाउ कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । गाबिस ईन्चार्ज दान बहदुर बोहोराको अध्यक्षतामा जिल्ला ईन्चार्ज बिराटको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी रणदिप, एरिया ईन्चार्ज किरण भक्तपुर जिल्ला कमिटी सदस्य विषम को आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि बिराटले प्रचण्डले सिध्याउन खोजेको क्रा’न्ती लाई बिप्लब नेकपाले बचाउदै बिकास गरिरहेको प्रति सिङ्गो देशले गर्व गरिहेको धारणा राखेका थिए । उनले अबको ल’डाई सुधारबादी अबसरबादी र दलाल प्रबृती संग भएकोले सचेत भएर प्रतिबद्दताका साथ लाग्न कार्यकर्ता लाई निर्देशन दिएका थिए ।

नेकपा जिल्ला सेक्रेटरी रणदिपले बर्तमान कम्युनिष्ट सरकार कोभिड 19 र बाढीपहिरो को बिप’त्ती ब्यबस्थापन गर्न पुरै असफल भएको धारणा राख्दै जनश्रम र पि’डितहरुको साहारा भै जुट्न निर्देशन दिदै अबको कम्युनिष्ट धारको कुसल नेतृत्व आफ्नो पार्टी ले गर्ने जिम्मेवारी आएकोले गम्भीर भएर लाग्न अपिल गर्नु भयो उक्त कार्यक्रममा मेहेलमुडी गाउ कमिटी भित्रका नेता कार्यकर्ता को उपस्थिती रहेको थियो ।

उक्त अभियान जिल्लाका सबै एरियाहरुमा संचालन गर्ने नेकपा कालिकोट श्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार