logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता


  • राजनीति
  • शुक्रबार, साउन ३० २०७७

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । प’हिरोले पु’रिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले मिडियालाइ जानकारी दिए ।

पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जो’खिममा परेको बताइएको छ ।

घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घट’नास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घ’टनास्थल तर्फ जाँदै छ ।

सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका छन् । उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार