logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई कोरोना


  • राजनीति
  • शुक्रबार, साउन ३० २०७७

Nepal's national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

नेपाली राष्ट्रिय फूटबल टोलीका एक खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विश्वकप छनोटको तयारीका लागि ३३ खेलाडीसहित ५४ जनाको कोरोना परिक्षण गराएको थियो । तीमध्ये एक खेलाडीको रिपोर्टका कारण हिजो टेक्निकल समस्या भन्दै होल्ड गरेकाे थियो ।

ती खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार ती खेलाडीमा कोरोनाको लक्षण भने देखिएको छैन। २० वर्षीय ती खेलाडीको नाम भने खुलाइएको छैन। नेपालमा फुटबलरलाई कोरोना संक्रमण देखिएको पहिलाे पटक हाे।

यसअघि स्क्‍वासका प्रशिक्षक हीरा थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसन छन्। एन्फाले फिफा विश्वकप छनोटका लागि भदौ १ गतेदेखि प्रशिक्षणमा बोलाउने तयारीसँगै खेलाडीको कोरोना परीक्षण गरेको थियो। तर फिफा र एएफसीले छनोटका खेलहरू सबै २०२१ सम्मलाई सारेपछि एन्फाले प्रशिक्षण स्थगित गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार