राजनीति
राजनीतिक विश्लेषक मुमाराम खनालले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको गन्तव्य प्रधानमन्त्री बन्नुसम्म मात्रै भएको टिप्पणी गरेका छन् ।
दाहालसँग देश बनाउने भीजन नभएको पनि उनको दाबी छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, उहाँसँग यो मुलुक बनाउने भीजन भएको भए त ? उहाँ शक्तिशाली प्रधानमन्त्री बन्नुभएकै हो । अहिलेका नेताहरुको प्रयोजन भनेको पूरानो सत्ता भत्काउनेसम्म हो । उहाँहरुले देश बनाउन सक्नुहुन्न ।