logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कार्यदल प्रती नेकपा भित्रै असन्तुष्टि, खुमलटारमा बैठकको माग


  • राजनीति
  • आइतबार, साउन ३२ २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको ६ महिनायताको कलह सुल्झाउन कार्यदल बनाइएपछि तीन शीर्ष नेताले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटेका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालको सहमतिमा महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदल शुक्रबार बनाइएपछि तीन शीर्ष नेताहरु खुमलटार पुगेका हुन्।

कार्यदल बनेपछि पार्टीको विवाद समाधानको दिशातर्फ अघि बढिरहेका बेला शनिबार बिहान अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट गरेका हुन्। स्रोतका अनुसार यी तीन शीर्ष नेताले प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन दबाब दिएका छन्।

तीन नेताहरुले दुई अध्यक्षको सहमतिमा बनेको पौडेल कार्यदलमाथि पनि प्रश्‍न उठाएका छन्। उनीहरुले उक्त कार्यदलमाथि शंकाको नजर तेर्स्याउँदै त्यसबारे पनि कुरा गर्न सचिवालय बैठक बोलाउनुपर्ने माग दाहालसमक्ष गरेका हुन्।

दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्तापछि पौडेलको नेतृत्वमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेको कार्यदल बनेको थियो। कार्यदलमा नेकपाका तीनै गुटका दुई दुईजना नेता राखिएको छ।

कार्यदलका संयोजक पौडेलले समयावधि नतोकिएपनि अहिले नेकपामा देखिएको विवाद समाधानका उचित उपायसहित पार्टीलाई नयाँ गति दिने गरी सुझाव र विकल्प प्रस्तुत गर्ने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार