राजनीति
file pic
नेपालमा साउन महिनाभित्र कोरोना भाइरसको संक्रमणबाट ६५ जनाको मृ’त्यु भएको छ । जेठ र असार गरी दुई महिनामा ३९ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भएकोमा साउनमा ६५ जनाको मृ’त्यु भएको हो । कुल मृ’तक संख्या एक सय ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार १५ साउनयता संक्रमणबाट दैनिक मानिसको मृ’त्यु भइरहेको छ । विगतमा केही दिन बिराएर मृ’त्यु हुनेगरेकोमा गएको १८ दिनयता दैनिक कोरोना संक्रमणबाट मृ’त्यु भइरहेको छ । यसले संक्रमणबाट जोखिम बढेको देखिन्छ ।
नेपालमा २ जेठमा कोरोना संक्रमणबाट पहिलो मृ’त्यु भएको हो । त्यसयता मृ’त्यु दर बढ्दै गएको छ ।
किर्तिपुरमा कोरोनाको आयुर्वेदिक उपचार, एकहप्तामै रोग निको
कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् ।
कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी सात दिनमै निको भएर घर फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य लाभ हासिल गर्न दुुई साताको समय पनि लागेन । अरू बिरामी पनि निको हुने क्रम बढ्दो छ ।
आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, “आयुर्वेद औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्नसक्ने क्षमता भएको हो ।” उनका अनुसार कोरोना सङ्क्रमित भर्ना भएपछि आयुर्वेदविज्ञ तथा चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने औषधि प्रयोग गरिएको छ ।
डा. जोशीले सङ्क्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्धा, तुलसी, मरिचलगायत जडीबुटीबाट बनेको औषधि खुवाइएको जानकारी दिए । औषधिका साथै खानामा समेत विशेष ध्यान दिइयो । उनले भने, “कोरोना सङ्क्रमणलाई भिटामिन सी, खनिजमा जिङ्क भएको खाना मिलाएर दिने गरेका छौँ ।” खाना र औषधिका साथै मेडिटेसन, सामान्य नाचगान तथा योगा गर्नका लागि मौखिक रूपमा भनिएको र धेरै बिरामीले पालना गर्ने गरेको चिकित्सकको भनाइ छ । यो समाचार आजको यलु जोशीले लेखेकी छिन् ।