logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मोरङ जिल्ला अदालतमा गोरेलाई  पेश

"सनमका परिवारले 'गोरेलाई फाँसी दे' भन्दै गरे नाराबाजी"


  • राजनीति
  • मंगलबार, जेष्ठ ८ २०७५

मोरङ जिल्ला अदालतमा सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई  पेश गरिएको छ ।

मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्‍याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो ।

गोरेलाई अदालतमा पेश गर्ने क्रममा सनमका परिवारले उनीविरुद्ध नाराबाजी गरेका छन् । ‘गोरेलाई फाँसी दे’ भन्दै सनमका परिवार र आफन्तले नाराबाजी गरेका हुन् ।

तस्करीको साढे ३३ किलो सुन हराएको भन्दै गोरेले यातना दिने क्रममा सनमको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार