logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अहिलेसम्मकै धेरै एक हजार १६ जना संक्रमित


  • राजनीति
  • मंगलबार, भाद्र २ २०७७

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्। गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संख्या नेपालमा एकै दिन भेटिएको अहिलेसम्मकै सर्वाधिक हो। काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ नयाँ संक्रमित थपिएका छन्।

जसअनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन्। प्रवक्ता गौतमका अुनसार पछिल्लो २४ घण्टामा देशभर ७ जनाले ज्यान गुमाएका छन्।

लकडाउन खुलेसँगै मानिसको बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदैछ। काठमाडौं, वीरगन्ज र विराटनगर जस्त सहरमा कोरोना समुदायसम्म पुगिसकेको छ।

पछिल्लो पटक कोरोनाको हटस्पट काठमाडौं उपत्यका बनेको छ। यसबाहेक प्रदेश २ का का पर्सा, धनुषा, रौतहटसहितका जिल्लामा पनि कोरोना संक्रमण बढ्दो छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार