logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकामा आज देखी निषेध गरिएका ९ क्षेत्र (सुचिसहित)


  • राजनीति
  • बुधबार, भाद्र ३ २०७७

काठमाडौं उपत्यकामा अबको एक हप्ता अत्यावश्यक बाहेकको सवारी सञ्चालनमा प्रतिबन्ध लागेको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकथामका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञाको निर्णय भएको हो ।

निषेधाज्ञापछि अब अत्यावश्यक बाहेकका सरकारी, निजी तथा गैरसरकारी संस्थाका कार्यालय खोल्न पाइनेछैन । अत्यावश्यक बाहेक मानिसको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

सार्वजनिक यातायात पनि सञ्चालन हुनेछैन । अत्यावश्यक बाहेक उपत्यकाभित्र र बाहिर सवारी आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

चीया, कपडालगायतका पसलमा समेत सञ्चालन गर्न पाइनेछैन । खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु भने दुरी कायम गरी निश्चित समयमात्र सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञा १० भाद्रसम्मका लागि जारी गर्ने निर्णय भएको छ ।

निषेध गरिएका र नगरिएका क्षेत्र

१. अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध
२. अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
३. अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
४. काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
५. नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने
६. मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
७. फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध
८. होटल, रेष्टुँरा सञ्चालन निषेध
९. शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार