logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा ड्युटीमा रहेको प्रहरीलाई मध्यरातमा जिपको ठक्कर , एकको मृत्यु एक घाइते


  • आश तमु
  • बुधबार, भाद्र ३ २०७७

आश तमु पोखरा – पोखरामा ड्युटीमा रहेको प्रहरी सवार क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई मध्यरातमा बोलेरो जीपले ठक्कर दिदा एक प्रहरी जवानको निधन भएको छ ।यसै गरी पछाडी सवार अर्का प्रहरी हवल्दार गम्भिर घाइते भएका छन ।

मंगलवार मध्यरातमा करिव एक बजेको समयमा पोखरा महानगरपालिका वडा नं ५ स्थित मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले ग१ ब ३६९ नम्बरको क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा वडा प्रहरी कार्यलय बैदाममा कार्यरत मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको हो भने ३४ वर्षीय प्रहरी हवलदार डम्बर बहादुर थारु गम्भीर घाइते भएका हुन ।

राती एक बजे बोलेरो जीपको ठक्करबाट ड्युटीमा रहेका पाल्पा घर भएका प्रहरी जवान चन्द्र वगालेको घटनास्थमै मृत्यु भएको हो ।
घटनामा वर्दिया घर भएका डम्बर बहादुर थारु भएका घाइते भएका छन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा भैरहेको छ ।

पोखराको मालेपाटनमा ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई ठक्कर दिने जिप चालक पोखरा -५ का २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार