logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकामा हिंड्न पनि निषेध, के के गर्न नपाइने (सुचीसहित)


  • राजनीति
  • शुक्रबार, भाद्र ५ २०७७

काठमाडौं उपत्यकामा १० भाद्रसम्मका लागि निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको रोकथामका लागि भन्दै सरकारले हिंडन पनि बन्देज लगाएको छ ।

अत्यावश्यक बाहेकमा घरबाट निस्कन नपाइने सुचना जारी भइसकेको छ । मर्निङ वाक र इभिनिङ वाक गरेमा पनि जरिवाना गरिने भएको छ । सरकारले निषेधाज्ञालाई कडाईका साथ लागू गर्ने भनेपछि जनजीवन प्रभावित भएको छ । मानिसहरु घरबाट अत्यावश्यक बाहेकमा निस्किएका छैनन् । सवारी आवागमत निकै पातलो भएको छ ।

यअिघि उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकथामका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञाको निर्णय भएको थियो । आज मध्यरातिबाट निषेधाज्ञा कडाईका साथ लागू गरिएको छ ।

निषेधाज्ञापछि अत्यावश्यक बाहेकका सरकारी, निजी तथा गैरसरकारी संस्थाका कार्यालय खोल्न पाइनेछैन । सार्वजनिक यातायात पनि सञ्चालन हुनेछैन । अत्यावश्यक बाहेक उपत्यकाभित्र र बाहिर सवारी आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

यी क्षेत्र खोल्न र चल्न निषेध
अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध
अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने
मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध
होटल, रेष्टुँरा सञ्चालन निषेध
शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार