logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मृ’त्युदर दुई अंकमा पुग्यो, ८३८ जना नया संक्रमित


  • राजनीति
  • शुक्रबार, भाद्र ५ २०७७

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ११ जनाको मृ’त्यु भएको र ७०७ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृ’त्यु हुनेको सङ्ख्या १३७ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३०,४८३ पुगेको छ।

अहिले देशभरि १२,१३२ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

सचेतना नहुँदा काठमाण्डू उपत्यकाको निषेधाज्ञा अपेक्षाकृत प्रभावकारी नहुने डर कायम
भारतमा कोभिडका कारण मृ’त्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा कति धेरै छ?

सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाण्डूमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

को हुन् सङ्क्रमित?
सङ्क्रमितहरू काठमाण्डूका १४२ जना, पर्सामा ८०, जुम्लामा ५३, मोरङमा ४५ र बारामा ४० जना रहेका छन्।

ललितपुरका २५ र भक्तपुरका १५ गरी बुधवार काठमाण्डू उपत्यकामा १८२ जना सङ्क्रमित थपिएका छन्।

के छ अरू तथ्याङ्क?
विगत २४ घण्टामा १३,५७९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सोही अवधिमा २५० जना भाइरसमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म १८,२१४ सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।

देशभरि क्वारन्टीनमा १२,२३४ जना छन्।

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

के हो? वास्तवमा के हो कोरोनाभाइरस
कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार