एकाबिहानै चार जनामा कोरोना संक्रमण पुष्टि भएको खबर सुनेका पोखराबासीहरुले त्यसको तीन घण्टा नबित्दै थापा सात जनामा कोरोना संक्रमण भएको खबर पाएका छन्।
पोखराका चार जनामा कोरोना संक्रमण भएको सार्वजनिक बिज्ञप्ति निकालेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले झन्डै तीन घण्टापछि आजै अर्को बिज्ञप्ति निकालेर पोखरा महानगरभित्र थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
निर्देशनालयका अनुसार, पोखरा महानगरका पांच वटा वडाका तीन पुरुष र चार महिलामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान दोस्रो चरणमा पोखरा महानगरको वार्ड नं. ४ का २७ – २७ वर्षका २ पुरुष, पोखरा -५ की नौ वर्षीया बालिका तथा ३२ वर्षीया महिला, पोखरा – ७ का २५ वर्षिय पुरुष, पोखरा – १० की ४० वर्षीया महिला र पोखरा – १४ की २५ वर्षीया महिलामा कोरोना देखिएको हो ।
निर्देशानालायका अनुसार संक्रमितहरु मध्ये पोखरा -४ का दुई पुरुषहरु प्रहरीहरु रहेको रहेको र पोखरा -१० का एक जना दुबईबाट आएका रहेको र अन्य सबै कन्ट्याक्ट ट्रेसिंङमा परेकाहरु रहेका छन् ।
त्यसैगरी मंगलबार दोस्रो चरणमा तनहुको भानु नगरपालिका -१ का ४६ र ६३ वर्षका दुई पुरुष तथा १७, २५, ४५ र ५२ वर्षका २ पुरुषमा कोरोना देखिएको निर्देशानालायले जनाएको छ ।
संक्रमितहरुलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बताएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरु मधे स्वास्थ्य लाभ गर्नेको संख्या १ हजार ६ सय ३९ पुगेको निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ रहेको छ ।