logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज ८८५ नया थपिए, संक्रमितको संख्या ३४ हजार क्रस


  • राजनीति
  • बुधबार, भाद्र १० २०७७

देशभर कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको गौतमले बताए। गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्।

गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाकाे परीक्षण गरिएको छ। यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा छन्।

यसैगरी ६०२८ जना होम आइसोलेसनमा रहेका गौतमले बताए। यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लाे २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार