logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सज्जा बनिन् नेपाल आइडल, जितिन ५० लाख


  • राजनीति
  • शुक्रबार, भाद्र १२ २०७७

एपिवान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल आइडल’ सिजन–३ को विजेता सज्जा चौलागाईं बनेकीछ्न । उनले उपाधी सहित नगद ५० लाख राशि हात पारेकी छन भने प्रबिन बेडवाल पहिलो रनरअप भएकाछन उनले १५ लाख प्राप्त गरेकाछन । त्यस्तै सेकेन्ड रनरअप भएका किरण कुमार भुजेलले नगद ५ लाख हात पारेकाछन । सदैव भन्दा बिल्कुलै फरक ढङ्गले घोषणा गरिएको यो कार्यक्रमको खास रौनकता भेटिएको थिएन ।

कोरोनाका कारण यो पटक फाइनल पनि ‘नेपाल आइडल’को स्टुडियोमै भएको थियो ।

सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो ।

एपिवान टेलिभिजनबाट आज भाद्र १२ गते बेलुका ८ बजे लाइभ प्रसारणद्वारा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका थिए ।

उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा भएको थियो ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन गरिएको थियो । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

बिजेताको घोषणा अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापाले गरेका थिए । दुर्भाग्यवश कार्यक्रमका एक सदस्यलाइ कोरोनाको पोजिटिभ देखिएकाकारण निर्णायकहरु आइसोलेसनमा बस्नु परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार