logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ईश्वर पोखरेल र बादल आइशोलेशनमा


  • राजनीति
  • शनिबार, भाद्र १३ २०७७

सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बसेका छन् । कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइशोलेशनमा बसेका हुन् ।

कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् । ती कार्यालय सहयोगी १० दिन अघि बसेको सीसीएमसी बैठकमा चीया पुर्याउन छिरेका थिए । उनलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा पोखरेल र बादल परेका छन् ।

यसैगरी, पोखरेल र बादल होम आइशोलेशनमा बसेपछि नेकपा सचिवालय बैठक केही दिन पछि सरेको छ । बैठक १८ भाद्रमा बस्ने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार