logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

२० हजार कर्मचारीको अभाव हुँदै


  • पत्रपत्रिका
  • आइतबार, भाद्र १४ २०७७

लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नखुलाउने बताईरहदा कर्मचारी अभाव हुँने देखिएको छ ।

मन्त्रालयका एक सहसचिवका अनुसार यस वर्ष कम्तीमा २० हजारको संख्यामा कर्मचारी अभाव हुनेछ। निजामती किताब खानाले यस वर्ष २ हजार ४ सय ८० कर्मचारीले अनिवार्य अवकाश लिन लागेको सूची सार्वजनिक गरेको छ।

त्यसमध्ये १९ जना सचिव तथा एक जना मुख्य सचिवले अनिवार्य अवकाश पाउँदै छन्। यसैगरी ६ सय २१ जना शाखा अधिकृत तहका कर्मचारीले अनिवार्य अवकाश पाउँछन्। शाखा अधिकृतभन्दा माथिल्लो तहका कर्मचारी मात्र एक हजारभन्दा बढीले अनिवार्य अवकाश पाउन लागेका छन्।

गत वर्ष आयोगले स्थानीय तहका लागि करिब ९ हजार र संघका लागि ४ हजार ५ सय ७४ सिटका लागि विज्ञापन खुलाएको थियो। आयोग स्रोतका अनुसार हरेक वर्ष १० हजार सिटको हाराहारीमा विज्ञापन खुलाउने गरिएको छ।

आयोगले हरेक वर्ष असोज अन्तिम बुधबारदेखि सुरु गरी चैतको अन्तिम बुधबारसम्म विज्ञापन खुलाउँँदै आाएको छ।

सरकारले दुई वर्षअघि ४८ हजार २ सय संघमा, करिब २२ हजार प्रदेशमा र करिब ६८ हजार संघमा ओएनएम गरेको छ। कर्मचारी समायोजन गरेको वर्ष भने सरकारको आग्रहमा आयोगले विज्ञापन खुलाएको थिएन।

मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार नयाँ कर्मचारी भर्ना गर्न आयोगले विज्ञापन खुलाउनैपर्ने अवस्था आएमा परीक्षाको मोडल फेरेर भए पनि विज्ञापन खुलाउने विषयमा पनि आयोग र मन्त्रालयका प्रतिनिधिबीच अनौपचारिक कुराकानी भइरहेको आजको नागरिक दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार